FAQsCalendarPhoto GalleryLocation Map
 
Home Press Release/Notice यू.ए.र्इ.मा ल्याउन/लैजान निषेध गरिएका वस्तुहरू
यू.ए.र्इ.मा ल्याउन/लैजान निषेध गरिएका वस्तुहरू PDF Print E-mail
Tuesday, 22 November 2011 11:58

संयुक्त अरब र्इमिरेट्स (यू.ए.ई.) मा भ्रमण वा रोजगारीको लागि आउने सवै विदेशी नागरिकहरुले आफ्नो साथमा तल उल्लेख भए बमोजिमका वस्तुहरू ल्याउन निषेधित छ । कुनै पनि प्रकारको लागू औषधिको कारोवार गर्नेहरुलाई यू.ए.र्इ.मा कडा सजाय हुनसक्ने कानूनी व्यवस्था रहेको छ । तर केही नेपालीहरुले अज्ञानतावस निजी प्रयोगका लागि यू.ए.ई. मा विभिन्न प्रकारका निषेधित वस्तुहरु र स्थानीय स्तरमा मात्र उत्पादन र विक्री वितरण हुने गरेका औषधि वा अन्य सामान साथमा ल्याएको कारण लामो समयसम्म छानविनको दायरामा रहनु परेको र थुना वा कैद सजायसमेतभोग्नु परेको व्यहोरा राजदूतावासको जानकारीमा आएको हुँदा तल उल्लिखित कुनै पनि वस्तुहरु नल्याउनु वा नपठाउनु हुन तथा पूर्व जानकारी दिएर मात्र ल्याउन वा लैजान पार्इने वस्तुहरूको हकमा सो वमोजिम गर्नु हुन सम्बन्धित सवैको जानकारीको लागि यो सूचना गरिएको छः

१.    कुनै पनि प्रकारको लागू वा नशालू औषधि वा मनोद्वीपक पदार्थ (Psychotropic Substances)।

२.    गांजा, भाङ, धतुरो र यी वस्तु मिसाएर वनेको कुनै परिकार वा अचार।

३.    पान, पान पराग र खैनी।

४.    नशालु वा झुम्मपार्ने वा लठ्याउने खालका एलोपेथिक वा रसायनिक औषधिहरु (Sedative Medicines)र धेरै परिमाणमा अन्य औषधिहरु।

५.    शिलाजित वा स्थानीय स्तरमा उत्पादित एवं प्रशोधित रङ वा आकार प्रकारबाट के हो भनी भंसार निरीक्षकले चिन्न नसक्ने औषधिहरु।

६.    अश्लिल (नग्न तथा अर्धनग्न) तस्विर भएका किताव, पत्रपत्रिका, सिडि लगायतका वस्तुहरू र पूर्व अनुमति विना अश्लिल नभए तापनि ठूलो संख्यामा सिडि/डिभिडिहरू, आदि ।

७.    यू.ए.र्इ.माएक लाख दिरहाम वा सो वरावरको विदेशी मुद्रा नगदै वा चेक/ड्राफ्ट साथमा लिएर आउँदा वा फर्कदा तोकिएको ढाँचाको फाराम भरी जानकारी गराउनु पर्ने ।

८.    मर्चा, जांड, रक्सी, वियर तथा अन्य घरेलु मदिराजन्य उत्पादनहरु ।

९.    सामानको नाम, उत्पादन गर्ने कम्पनीको नाम, संमिश्रमण (कम्पोजिशन), उत्पादन मिति, म्याद भुक्तान हुने मिति नजनिएको र व्यवस्थित रुपमा प्याकिङ्ग नगरिएका अन्य कुनै पनि शंकास्पद जस्तो देखिने खाद्य पदार्थहरु वा आयुर्वेदिक लगायतका औषधिहरु ।

 

आफूले नित्य रुपमा खानुपर्ने औषधि साथमा लिएर भ्रमणमा आउँदा बुझिने गरी लेखिएको डक्टरको प्रेस्क्रिप्सन अनिवार्य रुपमा साथमा ल्याउनु होला ।

 

-----------------------------
नेपाली राजदूतावास
अवुधावी, संयुक्त अरब र्इमिरेट्स

Last Updated on Tuesday, 29 November 2011 09:06
 
AE - Time
NP - Time

अत्यन्त जरूरी सूचना

संयुक्त अरब र्इमिरेट्स (यू.ए.ई.) मा भ्रमण वा रोजगारीको लागि आउने सवै विदेशी नागरिकहरुले आफ्नो साथमा तल उल्लेख भए बमोजिमका वस्तुहरू ल्याउन निषेधित छ । कुनै पनि प्रकारको लागू औषधिको कारोवार गर्नेहरुलाई यू.ए.र्इ.मा कडा सजाय हुनसक्ने कानूनी व्यवस्था रहेको छ । तर केही नेपालीहरुले अज्ञानतावस निजी प्रयोगका लागि यू.ए.ई. मा विभिन्न प्रकारका निषेधित वस्तुहरु र स्थानीय स्तरमा मात्र उत्पादन र विक्री वितरण हुने गरेका औषधि वा अन्य सामान साथमा ल्याएको कारण लामो समयसम्म छानविनको दायरामा रहनु परेको र थुना वा कैद सजाय समेत भोग्नु परेको व्यहोरा राजदूतावासको जानकारीमा आएको हुँदा तल उल्लिखित कुनै पनि वस्तुहरु नल्याउनु वा नपठाउनु हुन तथा पूर्व जानकारी दिएर मात्र ल्याउन वा लैजान पार्इने वस्तुहरूको हकमा सो वमोजिम गर्नु हुन सम्बन्धित सवैको जानकारीको लागि यो सूचना गरिएको छः

बाँकी पढनुहोस 

राजदूतावासको अनुरोध

दुर्घटना र प्राकृतिक कारणले प्रत्येक वर्ष यू.ए.ई. मा मृत्यु हुने नेपालीहरुको संख्या बढ्दै गएको अवस्था प्रति नेपाली राजदूतावास, अवुधावी अत्यन्तै चिन्तित छ । गत वर्ष (सन् २०१०) मात्र मृत्यु हुनेको संख्या ८८ रहेकोमा यस राजदूतावासवाट मृत्युका सम्भावनाहरूवाट वच्न अपनाउनु पर्ने उपायहरूका वारेमा जानकारीहरू गराउँदा गराउँदै यस वर्ष (सन् २०११) पनि दुर्घटना र प्राकृतिक कारणबाट मृत्यु हुनेको संख्यामा खासै कमी हुने संकेत देखिएको छैन । सडक पार गर्दा स्थान र सवारी साधनप्रति ध्यान नदिनु, काम गर्ने ठाउंमा विद्धमान खतराहरूका वारेमा सजग नहुनु र प्राकृतिक मृत्युका सम्बन्धमा यहाँको मौसम सुहाउदो जीवन शैली नअपनाउनु प्रमुख कारणहरू रहेको देखिन्छ । अतः तल दिर्इएका उपायहरूमा ध्यान पु-याउनुहुन सम्बन्धित सवैमा राजदूतावास अनुरोध गर्दछः

बाँकी पढनुहोस

Naturally Nepal