२४ मे २०१५ भित्रै MRP राहदानीकाे लागि फाराम बुझाइसक्नुपर्ने |
Thursday, 01 January 2015 14:26 | |||
सन् २०१५ काे नाेभेम्बर २५ अगावै हस्तलिखित राहदानी प्रतिस्थापन गरी Machine Readable Passport (MRP) जारी गरिसक्नुपर्ने अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (ICAO) काे वाध्यात्मक प्रावधान रहेकाे छ ।उक्त समयावधिभित्र सम्पूर्ण हस्तलिखित राहदानी MRP मा प्रतिस्थापन गरिसक्नुपर्ने वाध्यकारी व्यवस्था भएपनि भीषाकाे लागि कम्तिमा पनि ६ महिना राहदानीकाे वहाल अवधि रहनुपर्ने नियमकाे कारणले अर्काे देश जानुपर्ने तथा भीषा नविकरण गर्नुपर्ने व्यक्तिले अाफ्नाे हस्तलिखित राहदानी सन् २०१५ काे मे २४ भित्रै प्रतिस्थापन गरी MRP लिइसक्नुपर्ने हुन्छ । २४ मे पछि भिषा प्रयाेजनका लागि अस्थायी राहदानी पनि जारी नगरिने भएकाेले सम्बन्धित सम्पूर्ण सेवाग्राहिहरूले सन् २०१५ काे मे २४ भित्रै MRP राहदानी बनाइसक्नुहुन नेपाली राहदूतावास, अबुधावी विषेश अनुराेध गर्दछ । साथै याे सुचना सम्पूर्ण नेपाली सेवाग्राहीहरूमाझ पुर्याउनुहुन यहास्थित विभिन्न संघसंस्थाहरूलाइ समेत नेपाली राजदूतावास अनुराेध गर्दछ ।
|