मेशिन रिडेवल पासपोर्ट (MRP) को लागि यस राजदूतावासमा दरखास्त दर्ता गरार्इ सकेपछि दर्खास्त वमोजिमको नयाँ MRP प्राप्त नहुञ्जेल सम्मको अवधिमा राहदानी अत्यावश्यक भएमा सोको प्रमाण सहितको व्यहोरा खुलार्इ अस्थार्इ राहदानीका लागि राजदूतावासमा दर्खास्त दिन सकिने छ । राजदूतावासले छानविन पश्चात उपयुक्त ठहराएमा यस प्रकारको राहदानी जारी गर्न सक्नेछ। यस प्रकारको राहदानी प्राप्त गर्नको लागि निम्न वमोजिमका कागजातहरू पेश गर्नुहोला:

  1. एक प्रति राहदानी फाराम http://www.nepalpassport.gov.np वाट डाउनलोड गरेर भर्ने,
  2. हाल प्रयोग भइरहेको राहदानी सक्कलै र सोको प्रतिलिपि,
  3. युएर्इको भिषा भएको पानाको प्रतिलिपि,
  4. अस्थार्इ राहदानी तुरन्त आवश्यक पर्नाको कारण खुल्ने कागजात(हरू),
  5. माथि भनिए वमोजिमको फारममा टाँसिएका वाहेका अन्य दुर्इ प्रति फोटोहरू,
  6. राहदानी दस्तूर ८०.०० दिरहाम (AED 80.00)

यदि राहदानी हराएको भएमा थप कागजातहरू :

  1. राहदानी जहाँ हराएको हो त्यो क्षेत्रको प्रहरी कार्यालयले दिएको प्रतिवेदन,
  2. कम्पनीले हरार्इदिएको भएमा कम्पनीको एक पत्र

ध्यान दिनुपर्ने कुराहरूः

फारामहरू भर्दा सवै विवरणहरू स्पष्टसंग भर्नु अनिवार्य छ।तोकिए वमोजिमको फरम्याटमा डाउनलोड गरेर स्पष्ट संगविवरण भर्दा हुन्छ । हस्ताक्षर गर्दा दिर्इएको कोठा भित्र मात्र पर्ने गरी गर्नुहोला ।

  1. कागजात पूरा नभएको वा रीतपूर्वक फाराम नभरेको पार्इएमा त्यस्ता निवेदन उपर कुनै कारवाही गरिने छैन।
  2. पुरानो राहदानीको म्याद भुक्तान भैसकेको वा हुनै लागेको, नयाँ राहदानीको लागि दर्खास्त दिर्इसकेको तर राहदानी प्राप्त भर्इनसकेको र नयाँ राहदानी तुरन्तै आवश्यक परेको अवस्थामा सोको प्रमाण सहित अस्थार्इ राहदानीको लागि निवेदन गर्नसकिनेछ।
  3. शुक्रवार, शनिवार र अन्य विदाका दिनहरू वाहेकका हरेक दिन विहान ०९.३० देखि दिउँसो १ .०० वजेसम्म निवेदन पेश गर्नसकिनेछ।

राहदानी सम्बन्धी विस्तृत जानकारी http://www.nepalpassport.gov.np वाट प्राप्त गर्न सकिनेछ।