संयुक्त अरब र्इमिरेट्समा रोजगारी, व्यवसाय वा अन्य कुनै कामका सिलसिलामा वस्नुहुने नेपाली नागरिकहरूले आफ्नो हस्तलिखित राहदानी को सट्टा मेशिन रिडेवल राहदानी (MRP) लिन चाहेमा वा हाल लिएको हस्तलिखित वा मेशिन रिडेवल पासपोर्ट (MRP) का पानाहरू प्रयोग भर्इ सकेको वा झुत्रो भर्इ प्रयोग गर्न नसकिने भएमा वा नासिए/हराएमा तल लेखिए वमोजिमका कागजातहरू लिएर निवेदक स्वयं यस राजदूतावास, अवुधावीमा सम्पर्क राख्नुहोला ।
- दुर्इ प्रति राहदानी फाराम http://nepalpassport.gov.np वाट download गरेर भर्ने,
(किनारा नभएको र सेतो पृष्ठभूमि भएको तथा मुख वन्दगरी अगाडिवाट दुवै कान देखिने गरी खिचिएको रङ्गिन फोटो प्रयोग गर्नुहोला । फोटोमा अनुहारले ढाकेको भाग ७० देखि ८० प्रतिशत हुनु जरूरी छ । अन्य विस्तृत जानकारीका लागि समेत माथिकै वेवलिङ्क प्रयोग गर्नुहोला), - हाल प्रयोग भइरहेको राहदानी सक्कलै र सोको एक प्रतिलिपि,
- युएर्इको भिषा भएको पानाको प्रतिलिपि एक,
- नागरिकताको प्रमाणपत्रको प्रतिलिपि एक,
- राहदानी दस्तूर २००.०० दिरहाम । तर हराएको वा नासिएको वा विभिन्न कारणले क्षती भएको पासपोर्टको हकमा दि. ४००.०० दस्तुर लाग्ने छ ।
यदि राहदानी हराएको भएमा थप कागजातहरू
- राहदानी जहाँ हराएको हो त्यो क्षेत्रको प्रहरी कार्यालयले दिएको प्रतिवेदन,
- कम्पनीले हराएको भएमा कम्पनीको एक पत्र
यदि युएर्इमा जन्मेको वच्चाको लागि भएमा आवश्यक कागजातहरू
- युएर्इको Health Authority वाट जारी भएको जन्म दर्ता प्रमाणपत्र सक्कल र एक प्रतिलिपि,
(युएर्इको परराष्ट्र मन्त्रालयवाट प्रमाणित भएको हुनु पर्ने) - वच्चाको वावुआमा दुवैको राहदानीका प्रतिलिपिहरू,
- वच्चाको वावुआमा दुवैको भिषाका प्रतिलिपिहरू,
- वच्चाको वावुआमा विवाह दर्ताको प्रमाणपत्रको प्रतिलिपि,
- वच्चाको वावुआमाको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपिहरू,
- फारामहरू, फोटो, दस्तुर माथि उल्लेख भए वमोजिम नै हुनेछ ।
- राहदानी दस्तुर दि. १००.००
ध्यान दिनुपर्ने कुराहरूः
- फारामहरू भर्दा सवै विवरणहरू स्पष्टसंग भर्नु अनिवार्य छ । तोकिए वमोजिमको फरम्याटमा DOWONLOAD गरेर Type गरेर मात्र विवरण भर्नु पर्ने हुन्छ । हस्ताक्षर गर्दा दिर्इएको कोठाभित्र मात्र पर्ने गरी गर्नुहोला ।
- फाराम भर्दा १ वर्ष भन्दा कम उमेरको लागि ल्याप्चे अनिवार्य नभएकोले ल्याप्चे लगाउने कोठाहरूमा र हस्ताक्षर गर्न नसक्ने कुनै पनि उमेरका निवेदेकहरूले केही पनि नलेखी मात्र × चिन्ह लगाउन सक्ने छन् ।
- कागजात पूरा नभएको वा रीतपूर्वक फाराम नभरेको पार्इएमा त्यस्ता निवेदन माथि कुनै कारवाही गरिने छैन ।
- राहदानी तयार भर्इ नेपालवाट यस राजदूतावासमा आर्इपुग्न निवेदन दर्ता भएको मितिले करीब ३ महिना लाग्छ । तसर्थ, राहदानी वनेर आर्इपुगेको खवर राजदूतावासमा सम्पर्क गरेर वा दूतावासको Website वाट थाहा पाउन सकिने छ र राहदानी लिन अनिवार्य रूपमा रकम तिरेकोरसीद र पुरानो राहदानी लिएर निवेदक स्वयं उपस्थित हुनुपर्नेछ ।
- पुरानो राहदानीको म्याद भुक्तान भैसकेको वा हुनै लागेको र नयाँ राहदानी तुरन्तै आवश्यक परेको अवस्थामा अस्थार्इ राहदानीका लागि निवेदन गर्न सकिने छ । तर उक्त अस्थार्इ राहदानीको म्याद भुक्तान नहुँदै नयाँ मेशिन रिडेवल राहदानी लिर्इसक्नु पर्ने छ ।
- शुक्रवार, शनिवार र अन्य विदाका दिनहरू वाहेकका हरेक दिन विहान ०९.३० देखि दिउँसो १.०० वजेसम्म निवेदन पेश गर्न सकिने छ ।
- राहदानी सम्बन्धी विस्तृत जानकारी http://nepalpassport.gov.np वाट प्राप्त गर्न सकिने छ ।




