- Details
नेपाली नयाँ वर्ष २०७४ सालको उपलक्ष्यमा संयुक्त अरब इमिरेट्समा बसोबासरत समस्त नेपालीजनहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछाैं ।
नेत्र बहादुर टण्डन
कार्यवाहक राजदूत
तथा समस्त राजदूतावास परिवार
नेपाली राजदूतावास, अबुधावी, युएइ
- Details
राहदानी नियमावली तेस्रो संशोधन, २०७२ अनुसार दश वर्ष मुनिका नावालकका नाममा जारी गरिने राहदानीको वहाल म्याद पाँच ५ वर्ष रहने तथा राहदानी आवेदनका लागि निम्नानुसारका कागजात तथा दस्तुर आवश्यक हुने व्यहोरा जानकारी गराईन्छ ।
१. राहदानी नियमावलीमा उल्लेख भएअनुसार भरिएको एक प्रति राहदानी फारम ( http://www.nepalpassport.gov.np/ बाट डाउनलोड गर्न सकिने )
२. युएईको Health Authority बाट जारी भई युएईको परराष्ट्र मन्त्रालयबाट प्रमाणित भएको जन्म दर्ता प्रमाणपत्र सक्कल र प्रतिलिपि ।
३. बावु र आमाको नेपाली नागरिकताका प्रतिलिपिहरु ।
४. बावु र आमाको विवाह दर्ता प्रमाणपत्र र सोको प्रतिलिपि ।
५. बावु र आमाको राहदानीका प्रतिलिपिहरु ।
६. बावु र आमाको भिषाका प्रतिलिपिहरु ।
७. राजस्व दस्तुर दिरहाम १६०/- मात्र ।
राहदानी सम्बन्धी अन्य जानकारीका लागि यस दूतावासको वेभसाइट http://www.nepalembassyuae.ae तथा राहदानी विभागको वेभसाइट http://www.nepalpassport.gov.np मा हेर्न सकिने व्यहोरा समेत अनुरोध गरिन्छ ।
- Details
यस दूतावासमा २६ मार्च २०१७ सम्म एमअारपी को लागि अावेदन दिनुहुने अधिकांस सेवाग्राहीको एमअारपी राहदानी बनेर अाइपुगेको छ । राहदानी एम अार पी लिन अाउदा पुरानो सक्कल राहदानी, राजश्व तिरेको सक्कल रसिद तथा वेवसाइटमा भएको अाफ्नो क्रम संख्या समेत रसिदमै उल्लेख गरी दूतावासको काउन्टरमा बुझाउनुपर्ने तथा राहदानी लिन स्वयं उपस्थित हुनुपर्ने व्यहोरा जानकारी गराइन्छ ।
- Details
रमादान शुरू हुने दिनका अवसरमा युएइमा रहनुहुने समस्त नेपालीजनमा हार्दिक शुभकामना दिदै उक्त दिन अर्थात २४ जेठ २०७३ तदनुसार ६ जुन २०१६ का दिन नेपाली राजदूतावास, अबुधावी बन्द रहने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।




