राजदूतावासवाट यात्रा अनुमतिपत्र प्राप्त गर्नको लागि निम्न वमोजिमका कागजातहरू पेश गर्नुहोला ।
- एक प्रति राहदानी फाराम http://www.nepalpassport.gov.np वाट डाउनलोड गरेर भर्ने,
- म्याद सकिएको वा झुत्रो राहदानी सक्कलै वा हराए/नासिएको अवस्थामा सोको प्रतिलिपि एक
- युएर्इको भिषा भएको पानाको प्रतिलिपि,
- माथि भनिए वमोजिम फारममा टाँसिएका वाहेका अन्य दुर्इ प्रति फोटोहरू
- दस्तूर १५०.०० दिरहाम
ध्यान दिनुपर्ने कुराहरूः
फारामहरू भर्दा सवै विवरणहरू स्पष्टसंग भर्नु अनिवार्य छ।तोकिए वमोजिमको फरम्याटमा डाउनलोड गरेर स्पष्ट संगविवरण भर्दा हुन्छ । हस्ताक्षर गर्दा दिर्इएको कोठा भित्र मात्र पर्ने गरी गर्नुहोला ।
- कागजात पूरा नभएको वा रीतपूर्वक फाराम नभरेको पार्इएमा त्यस्ता निवेदन उपर कुनै कारवाही गरिने छैन।
- पुरानो राहदानीको म्याद भुक्तान भैसकेको वा हुनै लागेको, नयाँ राहदानीको लागि दर्खास्त दिर्इसकेको तर राहदानी प्राप्त भर्इनसकेको र नयाँ राहदानी तुरन्तै आवश्यक परेको अवस्थामा सोको प्रमाण सहित अस्थार्इ राहदानीको लागि निवेदन गर्नसकिनेछ।
- शुक्रवार, शनिवार र अन्य विदाका दिनहरू वाहेकका हरेक दिन विहान ०९.३० देखि दिउँसो १ .०० वजेसम्म निवेदन पेश गर्नसकिनेछ।
राहदानी सम्बन्धी विस्तृत जानकारी http://www.nepalpassport.gov.np वाट प्राप्त गर्न सकिनेछ।




