|
संयुक्त अरब र्इमिरेट्समा काम गर्ने/वसोवास गर्ने नेपाली नागरिकले आफ्नो परिवारका सदस्य (पती, पत्नी, वुवाआमा र छोराछोरी) लार्इ आवासीय भीसा (Residence Visa) भ्रमण भीसा (Visit Visa) वा पर्यटक भीसा (Tourist Visa) मा यू.ए.र्इ. ल्याउन राजदूतावासको सिफारिस माग गर्दा निम्नबमोजिमका कागजातहरू संलग्न गरी निवेदन पेश गर्नुपर्ने व्यहोरा सम्बन्धित सवैको जानकारीको लागि सूचना गरिएको छः
(१) निवेदकको राहदानी र भीसाका प्रतिलिपिहरू
(२) यू.ए.र्इ. आउने निवेदकको आफन्तको राहदानी र भीसाका प्रतिलिपिहरू
(३) निवेदकसँगको सम्बन्ध खुल्ने विवाह दर्ता/नाता प्रमाणित/जन्म दर्ता/नागरिकताको प्रमाणपत्रको प्रतिलिपि (यस्तो कागजात खास गरी पत्नी वा पतिलार्इ ल्याउनका लागि नेपालका सम्बन्धित निकायहरू र परराष्ट्र मन्त्रालयबाट समेत प्रमाणित गरार्इ यस राजदूतावासबाट समेत प्रमाणित गराएको हुनुपर्नेछ ) ।
(४) निवेदकले काम गर्ने कम्पनीको सेलरी सर्टिफिकेट (तलवमान दिरहाम चार हजार (४,०००.००) वा सो भन्दा माथि हुनुपर्ने)
(५) घर भाडा संझौतापत्र (Tenancy Contract)को प्रतिलिपि थान १ (आफ्नो नाममा आवास सुविधा नभएको र कम्पनीको आवास सुविधामा वस्ने भएमा कम्पनीको No Objection पत्र आवश्यक पर्ने साथै अरूले लिएको कोठामा साझेदारीमा वसेको भए टेनेन्सी कन्ट्रयाकको प्रतिलिपि संलग्न राखी सो व्यहोरा निवेदनमा स्पष्ट उल्लेख गर्नु पर्नेछ)
यस राजदूतावासको आगन्तुक कक्ष/काउन्टरमा उपलव्ध तथा यसै वेवसाइटको Download सेक्सनवाट पनि प्राप्त गर्न सकिने एक निवेदन फाराममा उल्लिखित कागजातहरू संलग्न राखी निवेदन दर्ता गराउनु पर्ने छ । रीतपूर्वक फाराम नभरेको वा आवश्यक कागजातहरू नपुगेको तथा अन्य कुनै समस्या भएको निवेदन उपर कुनै कारवाही गरिने छैन ।
सिफारिस पत्र दिउंसो ३ बजे पछि मात्र दिन सकिने भएकाले सोका लागि निवेदन गर्न राजदूतावासमा दिउंसो १:३० बजे भन्दा अगाडि आउन आवश्यक नभएको व्यहोरा आगन्तुकहरूको सुविधाको लागि जानकारी गराइएको छ ।
पर्यटकीय वा अन्य विभिन्न काम विशेषले भिजिट वा टुरिस्ट भीसामा संयुक्त अरब र्इमिरेट्सको भ्रमण गर्न चाहने नेपाली नागरिकहरूले आफू नेपाल अध्यागमनवाट यस तर्फ उडान गर्न पाउने कुराको पूर्ण प्रत्याभूति नभर्इ यू.ए.र्इ. को भीसा प्राप्त गर्ने, होटल वुक गर्ने र हवार्इ जहाजको टिकट खरिद गर्ने लगायतका कामहरू नगर्नु नगराउनु हुन नेपाली राजदूतावास सम्बन्धित सबैमा अनुरोध गर्दछ । |