FAQsCalendarPhoto GalleryLocation Map
 
Home Notice General Notices दुतावास अंग्रेजी महिनाको पहिलो शुक्रबार खुल्ला नहुने स...
दुतावास अंग्रेजी महिनाको पहिलो शुक्रबार खुल्ला नहुने सूचना PDF Print E-mail
Sunday, 18 May 2014 20:01

नेपाली राजदुताबास अबुधाबी अंग्रेजी महिनाको पहिलो शुक्रबार खुल्ला रहने गरिएकोमा आगामी महिना देखि खुल्ला नहुने व्यहोरा जानकारी गराईन्छ |

Last Updated on Sunday, 18 May 2014 20:03
 

वि.स. २०७१ सालमा नेपाली राजदूतावास अबुधावी बन्द रहने दिनहरु

(Embassy remains closed on following days of 2014-015 ) >>

राहदानी आवेदकहरुका लागि जानकारी

नयाँ राहदानी लिन आउँदा अनिवार्य रूपमा पुरानो राहदानी र दस्तूर बुझाएको सक्कलै रसीद लिएर निवेदक आफै शुक्रवार, शनिवार र सार्वजनिक विदाका दिनहरू वाहेक अन्य दिनहरूमा दिउसो ०२ देखि ०४ वजे सम्म यस राजदूतावासमा सम्पर्क राख्नुहोला । विभिन्न कारणले राहदानी वन्न नसकेका दरखास्तवालाहरूले नयां दरखास्त फाराम, तस्वीर (जम्मा दुई प्रति) र यस अघि शुल्क (दिरहाम ३२०/–) बुझाएको रसीदको फोटोकपी लिएर दिउंसो २ देखि ४:३० बजे भित्र यस राजदूतावासमा सम्पर्क राख्नु हुन सम्बन्धित सवैलार्इ सूचना गरिएको छ ।

तपाईंको राहदानी प्राप्त भएको नभएको

 यहाँबाट  खोजि गर्नुहोस >>

राजदूतावासको अनुरोध

दुर्घटना र प्राकृतिक कारणले प्रत्येक वर्ष यू.ए.ई. मा मृत्यु हुने नेपालीहरुको संख्या बढ्दै गएको अवस्था प्रति नेपाली राजदूतावास, अवुधावी अत्यन्तै चिन्तित छ । गत वर्ष (सन् २०१०) मात्र मृत्यु हुनेको संख्या ८८ रहेकोमा यस राजदूतावासवाट मृत्युका सम्भावनाहरूवाट वच्न अपनाउनु पर्ने उपायहरूका वारेमा जानकारीहरू गराउँदा गराउँदै यस वर्ष (सन् २०११) पनि दुर्घटना र प्राकृतिक कारणबाट मृत्यु हुनेको संख्यामा खासै कमी हुने संकेत देखिएको छैन । सडक पार गर्दा स्थान र सवारी साधनप्रति ध्यान नदिनु, काम गर्ने ठाउंमा विद्धमान खतराहरूका वारेमा सजग नहुनु र प्राकृतिक मृत्युका सम्बन्धमा यहाँको मौसम सुहाउदो जीवन शैली नअपनाउनु प्रमुख कारणहरू रहेको देखिन्छ । अतः तल दिर्इएका उपायहरूमा ध्यान पु-याउनुहुन सम्बन्धित सवैमा राजदूतावास अनुरोध गर्दछः

बाँकी पढनुहोस