FAQsCalendarPhoto GalleryLocation Map
 
Home Notice General Notices मेलामा सहभागि हुनेबारे ।
मेलामा सहभागि हुनेबारे । PDF Print E-mail
Friday, 06 February 2015 16:51

युएइमा रहेका नेपाल लगाएत १५ एसियाली मुलुकका राजदूतावासहरूले निम्न स्थान,मिति र समयमा गर्न लागेकाे Asian Food and Handicraft Festival मा सहभागिताकाे लागि नेपाली राजदूतावास, अबुधावी युएइमा रहनु भएका सम्पूर्ण नेपालीहरूमा हार्दिक स्वागत गर्दछ ।

स्थानः भारतीय राजदूतावासकाे प्रांगण, डिप्लाेम्यािटक एरिया, अबुधावी 

मितिः २०७१ माघ २४ गते, सनिबार (७ फेब्रुवरी २०१५)

समयः विहान ११ः३० देखि ५ः३० बजेसम्म

पुनश्चः प्रवेश निशुल्क

 

वि.स. २०७२ सालमा नेपाली राजदूतावास अबुधावी बन्द रहने दिनहरु

(Embassy remains closed on following days of 2015-016 ) >>

राहदानी आवेदकहरुका लागि जानकारी

नेपाली राजदूतावास, अबुधावीबाट एम.अार.पी. काे अावेदन फाराम भरी राहदानी विभागबाट तयार भै अाएका धेरै राहदानीहरू यस दूतावासमा लामाे समयसम्म रहिरहेका छन् । सेवाग्राही समयै राहदानी लिन नअाउदा लामाे समयसम्म रहने यस्ता राहदानीकाे व्यवस्थापन गर्न असजिलाे पर्नै भएकाेले हाम्राे वेवसाइटमा प्रकाशित भएकाे मितिले १ (एक) महिनाभित्र अाफ्नाे राहदानी लैजानुहुन दूतावास अनुराेध गर्दछ । साथै लामाे समयसम्म राहदानी लिन नअाउने सेवाग्राहीकाे एम.अार.पी. राहदानी विभागमै फिर्ता गर्नुपर्ने अवस्था अाउन सक्ने व्यहाेरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ ।   

तपाईंको राहदानी प्राप्त भएको नभएको

 यहाँबाट  खोजि गर्नुहोस >>

राजदूतावासको अनुरोध

दुर्घटना र प्राकृतिक कारणले प्रत्येक वर्ष यू.ए.ई. मा मृत्यु हुने नेपालीहरुको संख्यामा खासै कमी नअाएकाे अवस्था प्रति नेपाली राजदूतावास, अवुधावी अत्यन्तै चिन्तित छ । गत वर्ष (सन् २०१३) मात्र मृत्यु हुनेको संख्या ७० रहेकोमा यस राजदूतावासवाट मृत्युका सम्भावनाहरूवाट वच्न अपनाउनु पर्ने उपायहरूका वारेमा जानकारीहरू गराउँदा गराउँदै यस वर्ष (सन् २०१४) पनि दुर्घटना, प्राकृतिक कारण र अन्य कारणले मृत्यु हुनेको संख्या अझै ६५ रहेकाे छ । सडक पार गर्दा स्थान र सवारी साधनप्रति ध्यान नदिनु, काम गर्ने ठाउंमा विद्धमान खतराहरूका वारेमा सजग नहुनु र प्राकृतिक मृत्युका सम्बन्धमा यहाँको मौसम सुहाउदो जीवन शैली नअपनाउनु प्रमुख कारणहरू रहेको देखिन्छ । अतः तल दिर्इएका उपायहरूमा ध्यान पु-याउनुहुन सम्बन्धित सवैमा राजदूतावास अनुरोध गर्दछः

 

बाँकी पढनुहोस