FAQsCalendarPhoto GalleryLocation Map
 
Home Press Release/Notice परिवारका सदस्यलार्इ युएर्इ वोलाउन राजदूतावासको सिफारि�...
परिवारका सदस्यलार्इ युएर्इ वोलाउन राजदूतावासको सिफारिश माग गर्दा चाहिने कागजातहरू PDF Print E-mail
Thursday, 09 August 2012 10:15

संयुक्त अरब र्इमिरेट्समा काम गर्ने/वसोवास गर्ने नेपाली नागरिकले आफ्नो परिवारका सदस्य (पती, पत्नी, वुवाआमा र छोराछोरी) लार्इ Residence Visa/Visit Visa मा युएर्इ वोलाउन राजदूतावासको सिफारिश माग गर्दा निम्न कागजातहरू संलग्न गरी निवेदन पेश गर्नुपर्ने व्यहोरा जानकारी गराइएको छः

  1. निवेदकको राहदानी र भिषाको प्रतिलिपिहरू
  2. निवेदकको आफन्तको राहदानी र भिषाको प्रतिलिपि
  3. निवेदकसँगको सम्बन्ध खुल्ने विवाह दर्ता/नाता प्रमाणित/जन्म दर्ता/नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
  4. निवेदकले काम गर्ने कम्पनीको पत्र (तलवमान दिरहाम ४०००.०० वा सो भन्दा माथि हुनुपर्ने)
  5. Tenancy Contract को प्रतिलिपि थान १ (आफ्नो नाममा आवास सुविधा नभएको र कम्पनीको आवास सुविधामा वस्ने भएमा कम्पनीको No Objection पत्र आवश्यक)

यस राजदूतावासको आगन्तुक कक्ष/काउन्टरमा उपलव्ध तथा यसै वेवसाइटको Download सेक्सनवाट पनि प्राप्त गर्न सकिने एक निवेदन फाराममा उल्लिखित कागजातहरू संलग्न राखी निवेदन दर्ता गराउनु पर्ने छ । रीतपूर्वक फाराम नभरेको वा आवश्यक कागजातहरू नपुगेको तथा अन्य कुनै समस्या भएको निवेदन उपर कुनै कारवाही गरिने छैन ।

परिवारका सदस्य ल्याउन सिफारिस पत्र दिउंसो ३ बजे पछि मात्र दिन सकिने भएकाले सोका लागि निवेदन गर्न राजदूतावासमा दिउंसो १:३० बजे भन्दा अगाडि आउन आवश्यक नभएको व्यहोरा आगन्तुकहरूको सुविधाको लागि जानकारी गराइएको छ ।

नेपाली राजदूतावास

अवुधावी

२०६९/०४/२५

Last Updated on Tuesday, 30 April 2013 10:50
 
AE - Time
NP - Time

अत्यन्त जरूरी सूचना

संयुक्त अरब र्इमिरेट्स (यू.ए.ई.) मा भ्रमण वा रोजगारीको लागि आउने सवै विदेशी नागरिकहरुले आफ्नो साथमा तल उल्लेख भए बमोजिमका वस्तुहरू ल्याउन निषेधित छ । कुनै पनि प्रकारको लागू औषधिको कारोवार गर्नेहरुलाई यू.ए.र्इ.मा कडा सजाय हुनसक्ने कानूनी व्यवस्था रहेको छ । तर केही नेपालीहरुले अज्ञानतावस निजी प्रयोगका लागि यू.ए.ई. मा विभिन्न प्रकारका निषेधित वस्तुहरु र स्थानीय स्तरमा मात्र उत्पादन र विक्री वितरण हुने गरेका औषधि वा अन्य सामान साथमा ल्याएको कारण लामो समयसम्म छानविनको दायरामा रहनु परेको र थुना वा कैद सजाय समेत भोग्नु परेको व्यहोरा राजदूतावासको जानकारीमा आएको हुँदा तल उल्लिखित कुनै पनि वस्तुहरु नल्याउनु वा नपठाउनु हुन तथा पूर्व जानकारी दिएर मात्र ल्याउन वा लैजान पार्इने वस्तुहरूको हकमा सो वमोजिम गर्नु हुन सम्बन्धित सवैको जानकारीको लागि यो सूचना गरिएको छः

बाँकी पढनुहोस 

राजदूतावासको अनुरोध

दुर्घटना र प्राकृतिक कारणले प्रत्येक वर्ष यू.ए.ई. मा मृत्यु हुने नेपालीहरुको संख्या बढ्दै गएको अवस्था प्रति नेपाली राजदूतावास, अवुधावी अत्यन्तै चिन्तित छ । गत वर्ष (सन् २०१०) मात्र मृत्यु हुनेको संख्या ८८ रहेकोमा यस राजदूतावासवाट मृत्युका सम्भावनाहरूवाट वच्न अपनाउनु पर्ने उपायहरूका वारेमा जानकारीहरू गराउँदा गराउँदै यस वर्ष (सन् २०११) पनि दुर्घटना र प्राकृतिक कारणबाट मृत्यु हुनेको संख्यामा खासै कमी हुने संकेत देखिएको छैन । सडक पार गर्दा स्थान र सवारी साधनप्रति ध्यान नदिनु, काम गर्ने ठाउंमा विद्धमान खतराहरूका वारेमा सजग नहुनु र प्राकृतिक मृत्युका सम्बन्धमा यहाँको मौसम सुहाउदो जीवन शैली नअपनाउनु प्रमुख कारणहरू रहेको देखिन्छ । अतः तल दिर्इएका उपायहरूमा ध्यान पु-याउनुहुन सम्बन्धित सवैमा राजदूतावास अनुरोध गर्दछः

बाँकी पढनुहोस

Naturally Nepal