FAQsCalendarPhoto GalleryLocation Map
 
Home Consular Services Visa Visa for Nepal/UAE
Visa for Nepal/UAE PDF Print E-mail
Sunday, 06 November 2011 04:04

If you plan to visit Nepal, please come to the Embassy of Nepal in Abu Dhabi with the following documents:

  1. A Visa Application Form (Click on Visa Application Form). Please complete the form, duly sign it and affix a recent passport size photograph. You can type in the given fields and then print or you can print and write in it as per your convenience.
  2. Your Passport and its photocopy (Please note that the validity of your passport shouldn't be less than six months, and there should be at least one blank page to stamp visa in your passport)
  3. A copy of your UAE visa
  4. Your company's NOC (No Objection Letter) or Sponser's Letter, applicable if you are employed in the UAE. The letter can be either addressed to the Embassy or simply written as "To Whom It May Concern" type that mentions inter alia their no objection to the employee's visit, the employee's name and nationality, job title and salary. The letter should be signed by the company's authorized person and stamped.
  5. Any other document that you think supports your application.
  6. Visa fee (AED 100, 160 and 400 for 15, 30 and 90 days multiple entry visas respectively) in cash.
  7. Please be advised to come to the Embassy in person to apply for a visa. Applicant(s) can also authorize somebody to act on his/her behalf to submit the application and collect the passport/visa. Also note that a person himself/herself an applicant can represent Group travelers or families and apply on their/his/her behalf but cannot sign on their/his/her behalf in the applications.
  8. Visas for the applications submitted between 9:30 am to 1.30 pm (from Sunday to Thursday) can be collected between 2:30 to 4 pm.

Please note that visa policies could be different for different nationalities. To learn more about it, click here to go to FAQs or visit www.nepalimmigration.gov.np.

 

नेपालको कूटनैतिक र विशेष (Official) राहदानी वाहकहरूको लागि युएर्इको भीषा

संयुक्त अरब इमिरेट्स सरकारले नेपालको कूटनैतिक र विशेष (Official) राहदानी वाहकलार्इ आगमनमा प्रवेशाज्ञा (Visa on Arrival) प्रदान गर्ने गरेको छैन । यस प्रकारका राहदानी वाहकहरूलार्इ युएर्इ सरकारले Special Entry Permitनामक प्रवेशाज्ञा मात्र जारी गर्ने गर्दछ ।

युएर्इ भ्रमण गर्ने कूटनैतिक र विशेष राहदानी वाहकहरूले अनिवार्य रूपमा अग्रिम प्रवेशाज्ञा लिनुपर्ने र यदि यस राजदूतावास मार्फत प्रवेशाज्ञा लिन चाहेमा निम्नानुसारको विवरणका साथ भ्रमण मितिको कमसेकम १५ दिन अगावै नेपालको परराष्ट्र मन्त्रालय मार्फत अनुरोध पठाउनु पर्ने हुन्छः

  1. कूटनैतिक वा विशेष राहदानीको रङ्गिन प्रतिलिपि थान १
  2. सेतो पृष्ठभूमीको पासपोर्ट साइजको रङ्गिन फोटो थान १
  3. पेशा र शैक्षिक योग्यता वारेको जानकारी
  4. वावुआमाको नाम थर
  5. भ्रमणको उद्देश्य (वैठक, सेमिनार आदि)
  6. युएर्इ आइपुग्ने मिति
  7. युएर्इ सरकारले Special Entry Permit निःशुल्क जारी गर्ने भए तापनि आवेदन फाराम तोकिएको Typing Centre वाट मात्र अरबी भाषामा Type गराउनुपर्ने भएकोले त्यस वापतको दिरहाम ५०.०० र फोटो धुल्याउन खर्च हुने दिरहाम २०.०० समेत गरी जम्मा दिरहाम ७०.००

सरकारी पदाधिकारी भए पनि साधारण राहदानी वाहक निवेदकको लागि Special Entry Permit जारी नहुने व्यहोरा जानकारी गराइन्छ ।

साधारण राहदानी वाहकहरूले विदेशमा रहेका युएर्इका राजदूतावासहरू, युएर्इमा रहेका आफन्तहरू, आधिकारिक Travel Agent तथा अन्य कम्पनीहरू वा युएर्इका विमानसेवाहरू (इतिहाद, फ्लाइदुवर्इ, इमिरेट्स, एअर अरेविया र राक) मार्फत युएर्इको प्रवेशाज्ञा प्राप्त गर्न सक्ने व्यहोरा पनि जानकारी गराइन्छ ।  

 

Last Updated on Thursday, 05 February 2015 06:27
 

वि.स. २०७२ सालमा नेपाली राजदूतावास अबुधावी बन्द रहने दिनहरु

(Embassy remains closed on following days of 2015-016 ) >>

राहदानी आवेदकहरुका लागि जानकारी

नेपाली राजदूतावास, अबुधावीबाट एम.अार.पी. काे अावेदन फाराम भरी राहदानी विभागबाट तयार भै अाएका धेरै राहदानीहरू यस दूतावासमा लामाे समयसम्म रहिरहेका छन् । सेवाग्राही समयै राहदानी लिन नअाउदा लामाे समयसम्म रहने यस्ता राहदानीकाे व्यवस्थापन गर्न असजिलाे पर्नै भएकाेले हाम्राे वेवसाइटमा प्रकाशित भएकाे मितिले १ (एक) महिनाभित्र अाफ्नाे राहदानी लैजानुहुन दूतावास अनुराेध गर्दछ । साथै लामाे समयसम्म राहदानी लिन नअाउने सेवाग्राहीकाे एम.अार.पी. राहदानी विभागमै फिर्ता गर्नुपर्ने अवस्था अाउन सक्ने व्यहाेरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ ।   

तपाईंको राहदानी प्राप्त भएको नभएको

 यहाँबाट  खोजि गर्नुहोस >>

Naturally Nepal

राजदूतावासको अनुरोध

दुर्घटना र प्राकृतिक कारणले प्रत्येक वर्ष यू.ए.ई. मा मृत्यु हुने नेपालीहरुको संख्यामा खासै कमी नअाएकाे अवस्था प्रति नेपाली राजदूतावास, अवुधावी अत्यन्तै चिन्तित छ । गत वर्ष (सन् २०१३) मात्र मृत्यु हुनेको संख्या ७० रहेकोमा यस राजदूतावासवाट मृत्युका सम्भावनाहरूवाट वच्न अपनाउनु पर्ने उपायहरूका वारेमा जानकारीहरू गराउँदा गराउँदै यस वर्ष (सन् २०१४) पनि दुर्घटना, प्राकृतिक कारण र अन्य कारणले मृत्यु हुनेको संख्या अझै ६५ रहेकाे छ । सडक पार गर्दा स्थान र सवारी साधनप्रति ध्यान नदिनु, काम गर्ने ठाउंमा विद्धमान खतराहरूका वारेमा सजग नहुनु र प्राकृतिक मृत्युका सम्बन्धमा यहाँको मौसम सुहाउदो जीवन शैली नअपनाउनु प्रमुख कारणहरू रहेको देखिन्छ । अतः तल दिर्इएका उपायहरूमा ध्यान पु-याउनुहुन सम्बन्धित सवैमा राजदूतावास अनुरोध गर्दछः

 

बाँकी पढनुहोस

अत्यन्त जरूरी सूचना

संयुक्त अरब र्इमिरेट्स (यू.ए.ई.) मा भ्रमण वा रोजगारीको लागि आउने सवै विदेशी नागरिकहरुले आफ्नो साथमा तल उल्लेख भए बमोजिमका वस्तुहरू ल्याउन निषेधित छ । कुनै पनि प्रकारको लागू औषधिको कारोवार गर्नेहरुलाई यू.ए.र्इ.मा कडा सजाय हुनसक्ने कानूनी व्यवस्था रहेको छ । तर केही नेपालीहरुले अज्ञानतावस निजी प्रयोगका लागि यू.ए.ई. मा विभिन्न प्रकारका निषेधित वस्तुहरु र स्थानीय स्तरमा मात्र उत्पादन र विक्री वितरण हुने गरेका औषधि वा अन्य सामान साथमा ल्याएको कारण लामो समयसम्म छानविनको दायरामा रहनु परेको र थुना वा कैद सजाय समेत भोग्नु परेको व्यहोरा राजदूतावासको जानकारीमा आएको हुँदा तल उल्लिखित कुनै पनि वस्तुहरु नल्याउनु वा नपठाउनु हुन तथा पूर्व जानकारी दिएर मात्र ल्याउन वा लैजान पार्इने वस्तुहरूको हकमा सो वमोजिम गर्नु हुन सम्बन्धित सवैको जानकारीको लागि यो सूचना गरिएको छः

बाँकी पढनुहोस 

AE - Time
NP - Time