अधिकृत वारेसनामा (Power of Attorney) PDF Print E-mail

१. नेपाली कागज (पहाडे वा वसहा कागज पनि भनिने) मा रीतपूर्वक सफासँग लेखिएको अधिकृत वारेसनामाको लिखत थान २

२. जग्गाधनी प्रमाणपूर्जाको सक्कल र नक्कल (जग्गामा घर वा टहरो निर्मित भएमा नक्शा पास गरेको प्रतिलिपि समेत संलग्न हुनु पर्ने)

३. अधिकृत वारेसनामा दिने व्यक्तिको नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल र नक्कल

४. अधिकृत वारेसनामा लिने व्यक्तिको नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित नक्कल

५. अधिकृत वारेसनामा दिने व्यक्तिको हालसालै खिचेको पासपोर्ट साइजको फोटो थान २

५. अधिकृत वारेसनामा दिने व्यक्तिको युएईको वैध भिसा सहितको राहदानी वा सोको नक्कल

७. फोटो सहितको सक्कल परिचय पत्र

८. अधिकृत वारेसनामा दिने व्यक्ति स्वयं उपस्थित भई निवेदन दिनु पर्ने

९. अधिकृत वारेसनामाको निवेदनका साथ सरकारी दस्तुर दिरहाम १०० (अक्षरेपी दिरहाम सय) पेश गर्नु पर्ने र सोको रसीद अनिवार्य रुपमा लिनु पर्ने

१०. अधिकृत वारेसनामा महामहिम राजदूतज्यू वा उहाँको अनुपस्थितिमा कार्यवाहक राजदूतवाट मात्र प्रमाणित हुन सक्ने भएकोले अधिकृत वारेसनामा प्रमाणित गरी लिन आउनु भन्दा पहिले नै अनिवार्य रुपले यस राजदूतावासका सहचारी श्री सुमेशचन्द्र द्विवेदी (सम्पर्क ०५६६४२२६४०) सँग म.म. राजदूत वा कार्यवाहक राजदूतको उपलव्धता वारे जानकारी लिई मात्र राजदूतावासमा सम्पर्क राख्नु पर्ने ।

उपर्युक्त वमोजिम रीत पूरा नगरी पेश हुन आएको अधिकृत वारेसनामाको लिखत यस राजदूतावासवाट प्रमाणित हुन नसक्ने भएकोले सम्बिन्धत सवैलार्इ जानकारी गरार्इएको छ ।

 
AE - Time
NP - Time

Important Notice

Important Events