FAQsCalendarPhoto GalleryLocation Map
 
Home Notice General Notices परिवारका सदस्यलार्इ यू.ए.र्इ. ल्याउन आवश्यक पर्ने कागजात...
परिवारका सदस्यलार्इ यू.ए.र्इ. ल्याउन आवश्यक पर्ने कागजातहरू PDF Print E-mail
Saturday, 10 August 2013 08:57

संयुक्त अरब र्इमिरेट्समा काम गर्ने/वसोवास गर्ने नेपाली नागरिकले आफूमा आश्रित परिवारका सदस्य (पती, पत्नी, वावु आमा र छोरा छोरी मात्र) लार्इ आवासीय भीसा (Residence Visa), भ्रमण  भीसा (Visit Visa) वा पर्यटक भीसा (Tourist Visa) मा यू.ए.र्इ. ल्याउन राजदूतावासको सिफारिस माग गर्दा निम्नबमोजिमका कागजातहरू संलग्न गरी निवेदन पेश गर्नुपर्ने व्यहोरा सम्बन्धित सवैको जानकारीको लागि सूचना गरिएको छः 

(१) निवेदकको राहदानी र भीसाका प्रतिलिपिहरू

(२) यू.ए.र्इ. आउने निवेदकको आफन्तको राहदानी र भीसाका प्रतिलिपिहरू

(३) निवेदकसँगको सम्बन्ध खुल्ने विवाह दर्ता/नाता प्रमाणित/जन्म दर्ता/नागरिकताको प्रमाणपत्रको  प्रतिलिपि (यस्तो कागजात खास गरी पत्नी वा पतिलार्इ ल्याउनका लागि नेपालका सम्बन्धित निकायहरू र परराष्ट्र मन्त्रालयबाट समेत प्रमाणित गरार्इ यस राजदूतावासबाट समेत प्रमाणित गराएको हुनुपर्नेछ ) । यस्ता कागजात अंग्रेजी भाषामा हुन आवश्यक छ । 

(४) निवेदकले काम गर्ने कम्पनीको सेलरी सर्टिफिकेट (तलवमान दिरहाम चार हजार (४,०००.००) वा सो भन्दा माथि हुनुपर्ने)

(५) घर भाडा संझौतापत्र (Tenancy Contract)को प्रतिलिपि थान १ (आफ्नो नाममा आवास सुविधा नभएको र कम्पनीको आवास सुविधामा वस्ने भएमा कम्पनीको No Objection पत्र आवश्यक पर्ने साथै अरूले लिएको कोठामा साझेदारीमा वसेको भए टेनेन्सी कन्ट्रयाकको प्रतिलिपि संलग्न राखी सो व्यहोरा   निवेदनमा स्पष्ट उल्लेख गर्नु पर्नेछ)

यस राजदूतावासको आगन्तुक कक्ष/काउन्टरमा उपलव्ध तथा यसै वेवसाइटको Download सेक्सनवाट पनि प्राप्त गर्न सकिने एक निवेदन फाराममा उल्लिखित कागजातहरू संलग्न राखी निवेदन दर्ता गराउनु पर्ने छ । रीतपूर्वक फाराम नभरेको वा आवश्यक कागजातहरू नपुगेको तथा अन्य कुनै समस्या भएको निवेदन उपर कुनै कारवाही गरिने छैन ।

सिफारिस पत्र लिन १ः३० बजे भित्रै अाउनुहुन सम्बन्धित सबैमा अनुराेध छ ।

पर्यटकीय वा अन्य विभिन्न काम विशेषले भिजिट वा टुरिस्ट भीसामा संयुक्त अरब र्इमिरेट्सको भ्रमण गर्न चाहने नेपाली नागरिकहरूले आफू नेपाल अध्यागमनवाट यस तर्फ उडान गर्न पाउने कुराको पूर्ण प्रत्याभूति नभर्इ यू.ए.र्इ. को भीसा प्राप्त गर्ने, होटल वुक गर्ने र हवार्इ जहाजको टिकट खरिद गर्ने लगायतका कामहरू नगर्नु नगराउनु हुन नेपाली राजदूतावास सम्बन्धित सबैमा अनुरोध गर्दछ ।   

Last Updated on Tuesday, 07 October 2014 06:40
 

वि.स. २०७२ सालमा नेपाली राजदूतावास अबुधावी बन्द रहने दिनहरु

(Embassy remains closed on following days of 2015-016 ) >>

राहदानी आवेदकहरुका लागि जानकारी

नेपाली राजदूतावास, अबुधावीबाट एम.अार.पी. काे अावेदन फाराम भरी राहदानी विभागबाट तयार भै अाएका धेरै राहदानीहरू यस दूतावासमा लामाे समयसम्म रहिरहेका छन् । सेवाग्राही समयै राहदानी लिन नअाउदा लामाे समयसम्म रहने यस्ता राहदानीकाे व्यवस्थापन गर्न असजिलाे पर्नै भएकाेले हाम्राे वेवसाइटमा प्रकाशित भएकाे मितिले १ (एक) महिनाभित्र अाफ्नाे राहदानी लैजानुहुन दूतावास अनुराेध गर्दछ । साथै लामाे समयसम्म राहदानी लिन नअाउने सेवाग्राहीकाे एम.अार.पी. राहदानी विभागमै फिर्ता गर्नुपर्ने अवस्था अाउन सक्ने व्यहाेरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ ।   

तपाईंको राहदानी प्राप्त भएको नभएको

 यहाँबाट  खोजि गर्नुहोस >>

राजदूतावासको अनुरोध

दुर्घटना र प्राकृतिक कारणले प्रत्येक वर्ष यू.ए.ई. मा मृत्यु हुने नेपालीहरुको संख्यामा खासै कमी नअाएकाे अवस्था प्रति नेपाली राजदूतावास, अवुधावी अत्यन्तै चिन्तित छ । गत वर्ष (सन् २०१३) मात्र मृत्यु हुनेको संख्या ७० रहेकोमा यस राजदूतावासवाट मृत्युका सम्भावनाहरूवाट वच्न अपनाउनु पर्ने उपायहरूका वारेमा जानकारीहरू गराउँदा गराउँदै यस वर्ष (सन् २०१४) पनि दुर्घटना, प्राकृतिक कारण र अन्य कारणले मृत्यु हुनेको संख्या अझै ६५ रहेकाे छ । सडक पार गर्दा स्थान र सवारी साधनप्रति ध्यान नदिनु, काम गर्ने ठाउंमा विद्धमान खतराहरूका वारेमा सजग नहुनु र प्राकृतिक मृत्युका सम्बन्धमा यहाँको मौसम सुहाउदो जीवन शैली नअपनाउनु प्रमुख कारणहरू रहेको देखिन्छ । अतः तल दिर्इएका उपायहरूमा ध्यान पु-याउनुहुन सम्बन्धित सवैमा राजदूतावास अनुरोध गर्दछः

 

बाँकी पढनुहोस