FAQsCalendarPhoto GalleryLocation Map
 
Home Notice
Press Release/Notice

राहदानी आवेदकहरुका लागि जानकारी

नयाँ राहदानी लिन आउँदा अनिवार्य रूपमा पुरानो राहदानी र दस्तूर बुझाएको सक्कलै सीद लिएर निवेदक आफै शुक्रवार, शनिवार र सार्वजनिक विदाका दिनहरू वाहेक अन्य दिनहरूमा दिउसो ०२ देखि ०४ वजे सम्म यस राजदूतावासमा सम्पर्क राख्नुहोला । इस्वी सम्वत अनुसार हरेक महिनाको पहिलो शुक्रबार विहान १० देखि दिउंसो १:३० बजेसम्म राजदूतावास खुल्ने भएकोले त्यस्तो दिन र सयममा पनि राहदानी लिन सकिनेछ । विभिन्न कारणले राहदानी वन्न नसकेका दरखास्तवालाहरूले नयां दरखास्त फाराम, तस्वीर (जम्मा दुई प्रति) र यस अघि शुल्क (दिरहाम ३२०/–) बुझाएको रसीदको फोटोकपी लिएर दिउंसो २ देखि ४:३० बजे भित्र यस राजदूतावासमा सम्पर्क राख्नु हुन सम्बन्धित सवैलार्इ सूचना गरिएको छ ।

तपाईंको राहदानी प्राप्त भएको नभएको

 यहाँबाट  खोजि गर्नुहोस >>



एम अार पी अावेदन फाराम बुझाउने सम्बन्धि सूचना ।।। PDF Print E-mail
Saturday, 26 July 2014 08:05
Last Updated on Sunday, 17 August 2014 14:32

१ अगस्त २०१४ देखि एम अार पी काे लागि अावेदन दिनुहुने सेवाग्राहीहरूले अाइ. सी. अार. (ICR- Intelligent Character Reading) माेडेलकाे एम अार पी फाराम भरेर १ बजेभित्र दूतावासकाे काउन्टरमा बुझाउनुहुन सम्पूर्ण सेवाग्राहीमा अनुराेध गरिन्छ । साथै ICR फाराम www.dopmofa.gov.np बाट डाउनलाेड गर्न सकिने व्यहाेरा समेत जानकारी गराइन्छ । 

 

 
राहदानी लिन अाउने सम्बन्धि सुचना ।।। PDF Print E-mail
Saturday, 26 July 2014 07:31
Last Updated on Wednesday, 03 December 2014 18:55

यस दूतावासमा सेप्टेम्बर १५ सम्म एमअारपी काे लागि अावेदन दिनुहुने सेवाग्राहीकाे एमअारपी राहदानीहरू बनेर अाइपुगेका छन् । राहदानी एम अार पी लिन अाउदा पुरानाे सक्कल राहदानी, राजश्व तिरेकाे सक्कल रसिद तथा वेवसाइटमा भएकाे अाफ्नाे क्रम संख्या समेत रसिदमै उल्लेख गरी दूतावासकाे काउन्टरमा २ बजेभित्र बुझाउनु पर्ने, राहदानी वितरण २ बजेपछिमात्र गरिने तथा राहदानी लिन स्वयं उपस्थित हुनुपर्ने व्यहाेरा जानकारी गराइन्छ ।

 



वि.स. २०७१ सालमा नेपाली राजदूतावास अबुधावी बन्द रहने दिनहरु

(Embassy remains closed on following days of 2014-015 ) >>

राहदानी आवेदकहरुका लागि जानकारी

नेपाली राजदूतावास, अबुधावीबाट एम.अार.पी. काे अावेदन फाराम भरी राहदानी विभागबाट तयार भै अाएका धेरै राहदानीहरू यस दूतावासमा लामाे समयसम्म रहिरहेका छन् । सेवाग्राही समयै राहदानी लिन नअाउदा लामाे समयसम्म रहने यस्ता राहदानीकाे व्यवस्थापन गर्न असजिलाे पर्नै भएकाेले हाम्राे वेवसाइटमा प्रकाशित भएकाे मितिले १ (एक) महिनाभित्र अाफ्नाे राहदानी लैजानुहुन दूतावास अनुराेध गर्दछ । साथै लामाे समयसम्म राहदानी लिन नअाउने सेवाग्राहीकाे एम.अार.पी. राहदानी विभागमै फिर्ता गर्नुपर्ने अवस्था अाउन सक्ने व्यहाेरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ ।   

तपाईंको राहदानी प्राप्त भएको नभएको

 यहाँबाट  खोजि गर्नुहोस >>

राजदूतावासको अनुरोध

दुर्घटना र प्राकृतिक कारणले प्रत्येक वर्ष यू.ए.ई. मा मृत्यु हुने नेपालीहरुको संख्या बढ्दै गएको अवस्था प्रति नेपाली राजदूतावास, अवुधावी अत्यन्तै चिन्तित छ । गत वर्ष (सन् २०१०) मात्र मृत्यु हुनेको संख्या ८८ रहेकोमा यस राजदूतावासवाट मृत्युका सम्भावनाहरूवाट वच्न अपनाउनु पर्ने उपायहरूका वारेमा जानकारीहरू गराउँदा गराउँदै यस वर्ष (सन् २०११) पनि दुर्घटना र प्राकृतिक कारणबाट मृत्यु हुनेको संख्यामा खासै कमी हुने संकेत देखिएको छैन । सडक पार गर्दा स्थान र सवारी साधनप्रति ध्यान नदिनु, काम गर्ने ठाउंमा विद्धमान खतराहरूका वारेमा सजग नहुनु र प्राकृतिक मृत्युका सम्बन्धमा यहाँको मौसम सुहाउदो जीवन शैली नअपनाउनु प्रमुख कारणहरू रहेको देखिन्छ । अतः तल दिर्इएका उपायहरूमा ध्यान पु-याउनुहुन सम्बन्धित सवैमा राजदूतावास अनुरोध गर्दछः

बाँकी पढनुहोस