FAQsCalendarPhoto GalleryLocation Map
 
Home Notice Passport Information (राहदानी सम्बन्धी सुचनाहरू)
Passport Information (राहदानी सम्बन्धी सुचनाहरू) PDF Print E-mail
Thursday, 03 September 2015 00:00
Article Index
Passport Information (राहदानी सम्बन्धी सुचनाहरू)
जतिसक्दाे छिटाे एमअारपी फाराम बुझाइसक्नुपर्ने
राहदानी लिन अाउने सम्बन्धि सुचना ।।।
रद्द भएका एम.अार.पी. फारामहरूकाे विवरण
एम अार पी अावेदन फाराम बुझाउने सम्बन्धि सूचना ।।।
All Pages

अत्यन्त जरूरी सूचना (URGENT NOTICE)

यही नोभेम्बर २४, २०१५ (तदनुरूप २०७२ मंसिर ०८ गते) पछि सम्पूर्ण हस्तलिखित राहदानीहरु नचल्ने (मान्य नहुने) भएकोले जतिसक्दो छिटो MRP बनाउनु हुन सम्बद्ध सबैमा हार्दिक अनुरोध गरिन्छ । साथै हस्तलिखित राहदानीमा रहेका आफन्तजनहरुलाई नेपाली राजदूतावासहरुमा सम्पर्क गरी MRP बनाउनको लागि जानकारी गराउनु हुन समेत अनुरोध गरिन्छ ।(All the concerned Nepalese citizens residing in the UAE are requested to convert their manual passport to Machine Readable Passport (MRP) before 24 November 2015. After 24 November 2015, all the existing manual passport will automatically be invalid and unacceptable as per the International Civil Aviation Organization (ICAO) rules. Please disseminate this notice to all your relatives, friend circles, companies and all those concerned to go to the Embassy of Nepal, Abu Dhabi and apply for MRP.)

 



Last Updated on Tuesday, 15 September 2015 12:19
 

वि.स. २०७२ सालमा नेपाली राजदूतावास अबुधावी बन्द रहने दिनहरु

(Embassy remains closed on following days of 2015-016 ) >>

राहदानी आवेदकहरुका लागि जानकारी

नेपाली राजदूतावास, अबुधावीबाट एम.अार.पी. काे अावेदन फाराम भरी राहदानी विभागबाट तयार भै अाएका धेरै राहदानीहरू यस दूतावासमा लामाे समयसम्म रहिरहेका छन् । सेवाग्राही समयै राहदानी लिन नअाउदा लामाे समयसम्म रहने यस्ता राहदानीकाे व्यवस्थापन गर्न असजिलाे पर्नै भएकाेले हाम्राे वेवसाइटमा प्रकाशित भएकाे मितिले १ (एक) महिनाभित्र अाफ्नाे राहदानी लैजानुहुन दूतावास अनुराेध गर्दछ । साथै लामाे समयसम्म राहदानी लिन नअाउने सेवाग्राहीकाे एम.अार.पी. राहदानी विभागमै फिर्ता गर्नुपर्ने अवस्था अाउन सक्ने व्यहाेरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ ।   

तपाईंको राहदानी प्राप्त भएको नभएको

 यहाँबाट  खोजि गर्नुहोस >>

राजदूतावासको अनुरोध

दुर्घटना र प्राकृतिक कारणले प्रत्येक वर्ष यू.ए.ई. मा मृत्यु हुने नेपालीहरुको संख्यामा खासै कमी नअाएकाे अवस्था प्रति नेपाली राजदूतावास, अवुधावी अत्यन्तै चिन्तित छ । गत वर्ष (सन् २०१३) मात्र मृत्यु हुनेको संख्या ७० रहेकोमा यस राजदूतावासवाट मृत्युका सम्भावनाहरूवाट वच्न अपनाउनु पर्ने उपायहरूका वारेमा जानकारीहरू गराउँदा गराउँदै यस वर्ष (सन् २०१४) पनि दुर्घटना, प्राकृतिक कारण र अन्य कारणले मृत्यु हुनेको संख्या अझै ६५ रहेकाे छ । सडक पार गर्दा स्थान र सवारी साधनप्रति ध्यान नदिनु, काम गर्ने ठाउंमा विद्धमान खतराहरूका वारेमा सजग नहुनु र प्राकृतिक मृत्युका सम्बन्धमा यहाँको मौसम सुहाउदो जीवन शैली नअपनाउनु प्रमुख कारणहरू रहेको देखिन्छ । अतः तल दिर्इएका उपायहरूमा ध्यान पु-याउनुहुन सम्बन्धित सवैमा राजदूतावास अनुरोध गर्दछः

 

बाँकी पढनुहोस