FAQsCalendarPhoto GalleryLocation Map
 
Home Notice General Notices जतिसक्दाे छिटाे एमअारपी फाराम बुझाइसक्नुपर्ने
जतिसक्दाे छिटाे एमअारपी फाराम बुझाइसक्नुपर्ने PDF Print E-mail
Thursday, 01 January 2015 14:26

 

सन् २०१५ काे नाेभेम्बर २५ अगावै हस्तलिखित राहदानी प्रतिस्थापन गरी Machine Readable Passport (MRP) जारी गरिसक्नुपर्ने अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (ICAO) काे वाध्यात्मक प्रावधान रहेकाे छ ।उक्त समयावधिभित्र सम्पूर्ण हस्तलिखित राहदानी MRP मा प्रतिस्थापन गरिसक्नुपर्ने वाध्यकारी व्यवस्था भएपनि भीषाकाे लागि कम्तिमा पनि ६ महिना राहदानीकाे वहाल अवधि रहनुपर्ने नियमकाे कारणले अर्काे देश जानुपर्ने तथा भीषा नविकरण गर्नुपर्ने व्यक्तिले अाफ्नाे हस्तलिखित राहदानी सन् २०१५ काे मे २४ भित्रै प्रतिस्थापन गरी MRP लिइसक्नुपर्ने हुन्छ । २४ मे पछि भिषा प्रयाेजनका लागि अस्थायी राहदानी पनि जारी नगरिने भएकाेले सम्बन्धित सम्पूर्ण सेवाग्राहिहरूले  सन् २०१५ काे मे २४ भित्रै MRP राहदानी बनाइसक्नुहुन नेपाली राहदूतावास, अबुधावी विषेश अनुराेध गर्दछ । साथै याे सुचना सम्पूर्ण नेपाली  सेवाग्राहीहरूमाझ पुर्याउनुहुन यहास्थित विभिन्न संघसंस्थाहरूलाइ समेत नेपाली राजदूतावास अनुराेध गर्दछ ।

पुनश्चः हालसम्म पनि हस्तलिखित राहदानी हुने व्यक्तिले यथाशिघ्र एमअारपी राहदानीकाे लागि फाराम भर्नुहुन दूतावास विशेष अनुराेध गर्दछ ।

 

Last Updated on Monday, 25 May 2015 12:21
 

वि.स. २०७२ सालमा नेपाली राजदूतावास अबुधावी बन्द रहने दिनहरु

(Embassy remains closed on following days of 2015-016 ) >>

राहदानी आवेदकहरुका लागि जानकारी

नेपाली राजदूतावास, अबुधावीबाट एम.अार.पी. काे अावेदन फाराम भरी राहदानी विभागबाट तयार भै अाएका धेरै राहदानीहरू यस दूतावासमा लामाे समयसम्म रहिरहेका छन् । सेवाग्राही समयै राहदानी लिन नअाउदा लामाे समयसम्म रहने यस्ता राहदानीकाे व्यवस्थापन गर्न असजिलाे पर्नै भएकाेले हाम्राे वेवसाइटमा प्रकाशित भएकाे मितिले १ (एक) महिनाभित्र अाफ्नाे राहदानी लैजानुहुन दूतावास अनुराेध गर्दछ । साथै लामाे समयसम्म राहदानी लिन नअाउने सेवाग्राहीकाे एम.अार.पी. राहदानी विभागमै फिर्ता गर्नुपर्ने अवस्था अाउन सक्ने व्यहाेरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ ।   

तपाईंको राहदानी प्राप्त भएको नभएको

 यहाँबाट  खोजि गर्नुहोस >>

राजदूतावासको अनुरोध

दुर्घटना र प्राकृतिक कारणले प्रत्येक वर्ष यू.ए.ई. मा मृत्यु हुने नेपालीहरुको संख्यामा खासै कमी नअाएकाे अवस्था प्रति नेपाली राजदूतावास, अवुधावी अत्यन्तै चिन्तित छ । गत वर्ष (सन् २०१३) मात्र मृत्यु हुनेको संख्या ७० रहेकोमा यस राजदूतावासवाट मृत्युका सम्भावनाहरूवाट वच्न अपनाउनु पर्ने उपायहरूका वारेमा जानकारीहरू गराउँदा गराउँदै यस वर्ष (सन् २०१४) पनि दुर्घटना, प्राकृतिक कारण र अन्य कारणले मृत्यु हुनेको संख्या अझै ६५ रहेकाे छ । सडक पार गर्दा स्थान र सवारी साधनप्रति ध्यान नदिनु, काम गर्ने ठाउंमा विद्धमान खतराहरूका वारेमा सजग नहुनु र प्राकृतिक मृत्युका सम्बन्धमा यहाँको मौसम सुहाउदो जीवन शैली नअपनाउनु प्रमुख कारणहरू रहेको देखिन्छ । अतः तल दिर्इएका उपायहरूमा ध्यान पु-याउनुहुन सम्बन्धित सवैमा राजदूतावास अनुरोध गर्दछः

 

बाँकी पढनुहोस