FAQsCalendarPhoto GalleryLocation Map
 
Home Notice General Notices नेपालको संविधान, २०७२ को प्रारम्भिक मस्यौदामा सुझाव/प्र�...
नेपालको संविधान, २०७२ को प्रारम्भिक मस्यौदामा सुझाव/प्रतिक्रिया अावहान गरिएकाे PDF Print E-mail
Sunday, 12 July 2015 10:37

नेपालकाे निर्माणाधीन संविधानमा विदेशमा रहेका सवै नेपाली जनताले अाफ्ना सुझाव पेश गर्न नेपाल सरकारले अवसर उपलब्ध गराएकाे व्यहाेरा युएइ स्थित सवै नेपाली नागरिकहरूलाइ जानकारी गराउन चाहान्छाैं । तल उल्लेखित लिंक मार्फत अाफ्ना राय, सुझाव तथा प्रतिक्रिया उपलब्ध गराइ संविधान निर्माणकाे यस एेतिहासिक अवसरलाइ सदुपयाेग गर्नुहुन नेपाली राजदूतावास, युएइ यहास्थित सम्पुर्ण नेपालीहरूमा हार्दिक अपिल गर्दछ ।

http://parliament.gov.np/index.php बाट संविधानकाे ड्राफ्ट प्राप्त गर्न सकिनेछ ।

 

नेपालको संविधान, २०७२ को प्रारम्भिक मस्यौदामा सुझाव/प्रतिक्रिया दिने तरिकाः

1.        मस्यौदा संविधानको प्रस्तावना लगायत आफुले चाहेको प्रत्येक भाग तथा अनुसूचीमा अलग-अलग रूपमा सुझाव/प्रतिक्रिया दिन सकिनेछ ।

2.        सुझाव दिने व्यक्तिले आफ्नो नाम, ठेगाना, उमेर, लिङ्ग लगायतका विवरणहरू भरिदिनुहुन अनुरोध छ ।

3.        सुझाव/प्रतिक्रियाका लागि प्रस्तावना, प्रत्येक भाग तथा अनुसूचीहरूको शिर्षकमा क्लिक गरि त्यसको पुछारमा व्यवस्था गरिएको फर्ममा गइ सुझाव लेख्न सकिनेछ ।

4.        सुझाव/प्रतिक्रिया लेखिसकेपछि "प्रतिक्रिया दिनुहोस" भन्ने बटनमा क्लिक गरि आफ्नो सुझाव पठाउन सकिनेछ ।

साथै अाफ्ना राय, सुझाव तथा प्रतिक्रियाहरू इमेल ठेगानाहरू This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it , This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it , This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it मार्फत वा दूतावासकाे फ्याक्स नं. ०२-६३४४४६९ मा वा दूतावासमा उपस्थित भएर उपलब्ध गराउनुहुन नेपाली राजदूतावास अनुराेध गर्दछ । यस कार्यमा युएइस्थित नेपालीहरूकाे सक्रिय सहभागिताकाे अपेक्षा गर्दछाैं ।

नाेटः अाफ्नाे राय, सुझाव तथा प्रतिक्रिया यहि साउन ५ गते तदनुसार २१ जुलाइ २०१५ भित्र पठाइसक्नुपर्नेछ ।

Last Updated on Sunday, 12 July 2015 11:52
 

वि.स. २०७२ सालमा नेपाली राजदूतावास अबुधावी बन्द रहने दिनहरु

(Embassy remains closed on following days of 2015-016 ) >>

राहदानी आवेदकहरुका लागि जानकारी

नेपाली राजदूतावास, अबुधावीबाट एम.अार.पी. काे अावेदन फाराम भरी राहदानी विभागबाट तयार भै अाएका धेरै राहदानीहरू यस दूतावासमा लामाे समयसम्म रहिरहेका छन् । सेवाग्राही समयै राहदानी लिन नअाउदा लामाे समयसम्म रहने यस्ता राहदानीकाे व्यवस्थापन गर्न असजिलाे पर्नै भएकाेले हाम्राे वेवसाइटमा प्रकाशित भएकाे मितिले १ (एक) महिनाभित्र अाफ्नाे राहदानी लैजानुहुन दूतावास अनुराेध गर्दछ । साथै लामाे समयसम्म राहदानी लिन नअाउने सेवाग्राहीकाे एम.अार.पी. राहदानी विभागमै फिर्ता गर्नुपर्ने अवस्था अाउन सक्ने व्यहाेरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ ।   

तपाईंको राहदानी प्राप्त भएको नभएको

 यहाँबाट  खोजि गर्नुहोस >>

राजदूतावासको अनुरोध

दुर्घटना र प्राकृतिक कारणले प्रत्येक वर्ष यू.ए.ई. मा मृत्यु हुने नेपालीहरुको संख्यामा खासै कमी नअाएकाे अवस्था प्रति नेपाली राजदूतावास, अवुधावी अत्यन्तै चिन्तित छ । गत वर्ष (सन् २०१३) मात्र मृत्यु हुनेको संख्या ७० रहेकोमा यस राजदूतावासवाट मृत्युका सम्भावनाहरूवाट वच्न अपनाउनु पर्ने उपायहरूका वारेमा जानकारीहरू गराउँदा गराउँदै यस वर्ष (सन् २०१४) पनि दुर्घटना, प्राकृतिक कारण र अन्य कारणले मृत्यु हुनेको संख्या अझै ६५ रहेकाे छ । सडक पार गर्दा स्थान र सवारी साधनप्रति ध्यान नदिनु, काम गर्ने ठाउंमा विद्धमान खतराहरूका वारेमा सजग नहुनु र प्राकृतिक मृत्युका सम्बन्धमा यहाँको मौसम सुहाउदो जीवन शैली नअपनाउनु प्रमुख कारणहरू रहेको देखिन्छ । अतः तल दिर्इएका उपायहरूमा ध्यान पु-याउनुहुन सम्बन्धित सवैमा राजदूतावास अनुरोध गर्दछः

 

बाँकी पढनुहोस